माल्दिभ्सको राष्ट्रपतिमा बिपक्षी दलका नेता सोलिह विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

माल्दिभ्सको राष्ट्रपतिमा बिपक्षी दलका नेता सोलिह विजयी

एजेन्सी, ८ असोज । माल्दिभ्समा भएको राष्ट्रपति पदको निर्वाचनमा विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिह विजयी भएका छन् ।

भारतको समर्थक मानिएका सोहिलले चीनको समर्थन रहेको मानिएका निवर्तमान राष्ट्रपति अब्दुला यामिनलाई पराजित गरेका हुन् । माल्दिभ्सको निर्वाचन आयोगका अनुसार सोहिलले ५८ दशमलव ३ प्रतिशत मत अर्थात १३ लाख ३ हजार ८ सय ८ मत प्राप्त गरेका छन् ।

सोलिहले बिपक्षी चार दलको साझा उम्मेदवारका रुपमा चुनाव लडेका थिए । आइतबार भएको निर्वाचनमा ८८ प्रतिशत मत खसेको थियो । मत गणना सुरु हुनु अघिसम्म वर्तमान राष्ट्रपति यामिनले चुनाव जित्ने अनुमान गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);