ब्राजिलको पहिलो चरणको राष्ट्रपतीय निर्वाचनमा जइर बोल्सोनारु विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

ब्राजिलको पहिलो चरणको राष्ट्रपतीय निर्वाचनमा जइर बोल्सोनारु विजयी

election

एजेन्सी, २२ असोज । उग्रदक्षिणपन्थी उम्मेदवार जइर बोल्सोनारु ब्राजिलको पहिलो चरणको राष्ट्रपतीय चुनावमा विजयी भएका छन् ।
अक्टोबर २८ मा हुने दोस्रो चरणको चुनावमा उनले बामपन्थी वर्कर्स पार्टीका उम्मेवार फर्नाडू अडाडको सामना गर्नेछन् ।

जइर बोल्सोनारुले जितका लागि आवश्यक ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको चुनाव हुने भएको हो । लगभग सबै मत गणना भइसक्दा बोल्सोनारुले ४७ प्रतिशत मत हासिल गरेका छन् भने अडाडले २८ प्रतिशत मत ल्याएका छन् ।

जनमत सर्वेक्षणहरूले दोस्रो चरणको चुनावमा दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखाएका छन् । साओ पाउलोका पूर्व नगर प्रमुख फर्नान्डू अडाडलाई पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा. सिल्भाले समर्थन गरेका छन् । जनमत सर्वेक्षणहरूले देखाएका नतिजा विपरीत जइर बोल्सोनारुले पहिलो चरणबाटै निर्वाचित हुने अपेक्षा गरेका थिए । हप्तौँदेखि बोल्सोनारुका समर्थकहरूले उहाँ निःसन्देह विजयी हुने बताउँदै आएका थिए ।

बोल्सोनारु अगाडि देखिए पनि भावी नेता उनि अथवा फर्नान्डू अडाड को हुने भन्ने अन्तिम नतिजाका लागि ब्राजिलका मतदाताहरूले अर्को तीनहप्ता कुर्नुपर्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);