नेटो सेनाको कारवाहीमा ३० तालीवानीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नेटो सेनाको कारवाहीमा ३० तालीवानीको मृत्यु

एजेन्सी, २२ असोज । अफगानिस्तानमा तालिवानका दुई कमाण्डर कारी अब्दुल्लाह र रहमातुल्लाहको संयुक्त सुरक्षा कारबाहीमा मृत्यु भएको छ । फर्याब प्रान्तमा आतंकवादी विरुद्ध भएको कारबाहिमा अन्य ३० जना तालिवान आतंकवादी पनि मारिएका छन् । उता तालिवानको आक्रमणमा ५४ जना सर्वसाधरण मारिएका छन् ।

अगानिस्तानमा केहि समयतया तालिवानहरु निक्कै सक्रिय भएका छन् । अक्टोबर २० तारिकमा हुने आम निर्वाचन भाड्न तालिवानहरुले विभिन्न उपद्रव मचाउँदै आएका छन् । यता अफगानिस्तान र अमेरिका आवद्ध नेटोसेनाले तालिवान विरुद्ध हवाई कारबाहि तिब्र पारेका छन् ।

उत्तरी अफगानिस्तानको फर्याब प्रान्तमा गरिएको हवाई कारबाहिमा तालिवानका दुई कमाण्डर कारी अब्दुल्ला र रहमातुल्लाको मृत्यु भएको छ । सो घटनामा ३० जना अन्य तालिवानहरु पनि मारिएका छन् ।

सेनाका प्रवक्ता हनिफ रेनाईले तालिवानीहरुले सर्वसाधरणलाई ढाल बनाएर आफ्नो गतिविधि संचालन गर्दै आएकोमा चित्ता व्यक्त गर्दै अफगानी नागरिकहरुलाई आतंकवादीबाट सतर्क रहन आग्रह गरे ।

अफगानिस्तानमा तालिवानहरुले सुरक्षाबेस तथा व्यस्त बजारमा आत्मघाति विस्फोट गराएर आतंक सृजना गर्दै आएपछि सर्वसाधारण व्यक्तिहरु व्यस्त ठाउँमा ओहोर दोहोर गर्न डराउन थालेका छन् ।

तालिवानको आक्रमणमा आइतबार ५४ जना सर्वसाधरणको मृत्यु भएको थियो । सरकार र तालिवान सँगको शान्तिवार्ताले गति लिन नसक्दा हत्या हिंसा बढ्दै गएको स्थानिय मानव अधिकारकर्मिहरुले जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);