हवाइ हमलामा तालिवानी वरिष्ठ कमाण्डरको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

हवाइ हमलामा तालिवानी वरिष्ठ कमाण्डरको मृत्यु

१६ फाल्गुन, काठमाडौं । उत्तरी अफगानिस्तानमा भएको एक हवाई हमलामा तालिवानी वरिष्ठ कमाण्डर मारिएका छन् । सोमबार भएको उक्त हमलामा मुल्लाह अबदुल सलाम अकुन्द मारिएको बताइएको छ ।

हवाइ हमलामा तालिवानी वरिष्ठ कमाण्डरको मृत्यु

१६ फाल्गुन, काठमाडौं । उत्तरी अफगानिस्तानमा भएको एक हवाई हमलामा तालिवानी वरिष्ठ कमाण्डर मारिएका छन् ।
सोमबार भएको उक्त हमलामा मुल्लाह अबदुल सलाम अकुन्द मारिएको बताइएको छ ।

कुन्दुज प्रान्तलाई सन् २०१५ मा घेराबन्दी गर्न तल्लिन रहेका अकुन्द उक्त हमलामा मारिएको अफगान अधिकारीहरुले बताएका छन् । कुन्दुज प्रान्तमा गरिएको एक हवाइ हमलामा तीन जना मारिएका थिए । ति तीन जना मध्ये अकुन्द समेत परेको बताइएको छ ।

हमला कसरी भएको भन्ने बारे स्पष्ट जानकारी नआएको रोयटर्सलाई उदृत गर्दै अलजजिरा टेलिभिजनले जनाएको छ । अमेरिकी सेनाका प्रवक्ताले अमेरिकाले आइतबार शहरमा बम हमला गरेपनि आफ्नै हमलाबाट मारिएको हो वा होइन भन्ने स्पष्ट जानकारी दिएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);