खानेपानी आपूर्ति नै बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

खानेपानी आपूर्ति नै बन्द

१६ फाल्गुन, काठमाडौं । चिलीको राजधानी सान्टियागोमा ४० लाख व्यक्तिहरुलाई दिइँदै आएकोे खानेपानी आपूर्ति बन्द गरिएको छ । आँधीबेहरी र पहिरोका कारण त्यहाँको मुख्य नदीहरु दूषित बनेपछि अधिकारीहरुले ४० लाख व्यक्तिहरुले उपभोग गर्दै आएका खानेपानी आपूर्ति बन्द गरेका हुन् ।

आँधीबेहरी र पहिरोका कारण चिलीमा चार जनाले ज्यान समेत गुमाइसकेका छन् । शनिबारबाट सुरु भएको अविरल वर्षा र पहिरोका कारण माटो–ढुंगासहितको पहिरो गएपछि माइपो नदी दूषित भएको थियो । यस नदीबाट सान्टियागो सहरमा रहेको घेरै आवासीय भवनमा खानेपानी आपूर्ति गरिन्छ । उक्त नदी सफा नभएसम्म करिब ४० लाख व्यक्तिको खानेपानी आपूर्ति रोक्नु परेको अधिकारीहरुले जनाएका छन् ।

खानेपानीको हाहाकार भएपछि मानिसहरु आपत्कालीन धाराबाट बोतल र जारमा खानेपानी जम्मा गर्न थालेका छन् । खानेपानी आपूर्ति बन्द हुँदा १४ लाख ५० हजार घर–परिवार प्रभावित भएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);