रक्षा खर्च ह्वात्तै बढाउने ट्रम्पको योजना, वैदेशिक सहायतामा भारी कटौती हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

रक्षा खर्च ह्वात्तै बढाउने ट्रम्पको योजना, वैदेशिक सहायतामा भारी कटौती हुँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा रक्षा खर्च बढाउने तयारी, आगामि वर्षको बजेटमा वैदेशीक सहायता घटाइने, रक्षा खर्च १० प्रतिशत बढ्ने

रक्षा खर्च ह्वात्तै बढाउने ट्रम्पको योजना

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा खर्च बढाउने तयारी गरेका छन् ।

सन् २०१८ का लागि प्रस्तावित बजेटमा राष्ट्रपति ट्रम्पले रक्षा खर्चमा ५४ अर्ब डलर अर्थात झण्डै १० प्रतिशत रकम बढाउने तयारी गरेका हुन् । वैदेशिक सहायता, पर्यावरणीय सुरक्षाका लागि गरिने खर्चसहित अन्य क्षेत्रको बजेट कटौती गरेर रक्षा खर्च बढाउने प्रस्ताव ट्रम्पको छ ।

ट्रम्पले बजेट सेना, सुरक्षा र आर्थिक विकासमा केन्द्रित रहने बताउँदै आएका छन् । सरकारी निकायसँगको परामर्शपछि ट्रम्पले आउँदो मेमा बजेटको प्रस्ताव कांग्रेसमा पेश गर्ने तयारी गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अहिले अमेरिकाको रक्षा बजेट वार्षिक ६ सय ३ अर्ब डलर छ । अमेरिकामा सन् २०१२ देखि लगातार रक्षा खर्च कटौती हुँदै आएको थियो । तर ट्रम्पले सत्ता सम्हालेपछि भने बजेट बढाउने तयारी भएको हो ।

ट्रम्पले चुनावी अभियानको क्रममा कर कटौती गर्ने दाबी गरेका थिए । यसले राष्ट्रिय कर्जा बढ्न सक्नेछ । उनले पूर्वाधार विकासमा पनि खर्च बढाउने बताउँदै आएका छन् ।

ट्रम्पको आधारभुत आर्थिक योजनाका कारण अमेरिकी शेयर बजार लगातार बढी रहेको छ । गएको १२ दिनदेखि अमेरिकी शेयर बजार कीर्तिमानी स्तरमा पुगेर बन्द भएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);