अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा संकटकाल घोषणाको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा संकटकाल घोषणाको तयारी

trump tariffs

एजेन्सी, ३ फागुन । अन्ततः अमेरिका मेक्सिकोसँगको सीमा पर्खालकै विषयमा संकटकालिन घोषण नजिक पुगेको छ । गत वर्षको बजेटअघि देखि नैं राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन बजेट माग गर्दै आएपनि संसदबाट स्वीकृत गराउन असफल भएपछि संकटकासलिन घोषणा गर्न लागेका हुन् । यसँगै विश्वशक्ति राष्ट्रको ओलालो लागेको अर्थतन्त्र र विश्वमञ्चमा उसको भूमिकामाथि विश्लेषण सुरु गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय आपतकालको घोषणा गर्ने तयारी थालेका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पले चुनावी अभियान देखि प्रतिबद्धता जनाउँदै आएको सीमा पर्खाल बनाउनका लागि सरकारी कोषबाट रकम जुटाउन राष्ट्रिय आपतकाल घोषणा गर्न लागेको पुष्टी गरेको छ । गत वर्ष देखि सीमा पर्खालाका लागि बजेट छुट्टाउने एकसुत्रीय अडान राख्दै आएका राष्ट्रपति ट्रम्प संसदको अल्पमतका कारण बजेट पारित गर्न असफल भएका छन् ।

संसदले सीमा पर्खालका लागि बजेट पारित नहुँदासम्म बजेटमा हस्ताक्षेर नगर्ने अडान राखेका ट्रम्पले गतवर्ष केही समयको सरकारी कार्यालय बन्दपछि बजेटमा हस्ताक्षर गरेका थिए । तर, यस वर्ष सरकारी कार्यालय बन्दी लम्बिनसक्ने चेतावनी संसदलाई दिदै आएका ट्रम्प ३५ दिन लामो संघीयस सेवाका कार्यालय बन्दिपछि गलेर व्याक भएका हुन् । डेमोक्रेटिक पार्टी सीमा पर्खालको विपक्षमा छ र त्यसका लागि सरकारी कोषबाट रकम खर्च गर्न नदिने अडानमा छ । संघीय सरकारी कार्यालयको कार्य सञ्चालनका लागि तीन हप्ताका लागि भएको सहमति शुक्रबार सकिँदैछ ।

राष्ट्रपति ट्रम्पले रिपब्लिकन र डेमोक्र्या्टिक पार्टीबीच सम्भावित सरकारी कामकाज ठप्प रोक्का लागि भएको सहमति अनुसार सीमा सुरक्षा विधेयकमा हस्ताक्षर गर्दै छन् । जसमा सीमाको सुरक्षा कडा पार्न सहमति भएको छ तर सीमा पर्खालका लागि बजेट छैन । तर उनले संविधानले दिएको बैकल्पिक बाटो समाउँदै राष्ट्रिय आपतकाल घोषणा गरेर रक्षा बजेटमार्फत मेक्सिकोको सिमामा पर्खाल लगाउन थाल्ने छन् ।

विश्व शक्तिराष्ट्र अमेरिकामा ट्रम्पले नेतृ्त्व सम्हालेसँगै प्रत्येक वर्ष बजेट घाटा बढ्दो अवस्थामा छ । संघीय बजेट घाटा सन् २०१८ को डिसेम्बरमा १३.५ अर्ब अमेरिकी डलर पुगेको अमेरिकी टे«जरी डिपार्टमेन्टले जनाएको छ । अघिल्लो बर्षको सोही महिनाको तुलनामा घाटा बजेटमा ४० प्रतिशतले कमी आएको हो ।

अघिल्लो बर्षको डिसेम्बरमा संघीय घाटा बजेट २३.२ अर्ब अमेरिकी डलर रहेको थियो । अमेरिकाको सम्पूर्ण खर्चमा गत बर्षको तुलनामा चार प्रतिशतले कमी आएको छ भने अमेरिकाको सम्पूर्ण राजस्व संकलनमा ६.६ प्रतिशतको कमी आएको छ । आर्थिक बर्ष २०१९ का लागि पहिलो तीन महिना, अक्टोबर, नोभेम्बर र डिसेम्बरमा बजेट घाटा तीन खर्ब १८ अर्ब ९० करोड अमेरिकी डलर पुगेको छ । यो अघिल्लो बर्षको सोही अवधिको तुलनामा ४२ प्रतिशतको बढी हो ।

नियमित तालिका अनुसार उक्त तथ्याङ्क जनवरीको अन्त्यमा सार्वजनिक हुनुपर्नेमा ट्रम्प सरकार र संसदबीचको विवादका कारण सरकारी कार्यालयमा भएको ३५–दिन लामो आंशिक बन्दका कारण ढिलो गरी सार्वजनिक भएको छ । अमेरिकाको गत बर्षको डिसेम्बरमा उच्च तीन ठूला खर्चहरू, सामाजिक सुरक्षामा ८४ अर्ब अमेरिकी डलर, राष्ट्रिय सुरक्षामा ५७ अर्ब अमेरिकी डलर र स्वास्थ्यमा ४८ अर्ब अमेरिकी डलर रहेको तथ्याङ्कमा उल्लेख छ । अमेरिकाको सार्वजनिक ऋण फेब्रुअरी ११ सम्ममा २२.०१ ट्रिलियन डलर रहेको र यो अहिलेसम्मकै उच्च रेकर्ड हो ।

अमेरिकी राष्ट्रपतिले यस्ता बजेट घाटा र अर्थतन्त्रका अन्य सूचक भन्दा बढि आफूले गरेको घोषणा पुरा गरेर अर्को चनावमा आउने अमेरिकी नागरिकको प्रतिक्रियालाई महत्व दिएका छन् । तर, ट्रम्पले राष्ट्रिय आपतकालिन घोषणामार्फत ल्याउने अध्यादेशमा पनि ट्रम्पले अदालतको बार नाघ्नसकेमात्र सीमा पर्खालसम्म पुग्नुसक्ने कुटनीतिक मामिलाका विश्लेषकहरुको बुझाई छ । उनीहरु ट्रम्पको कार्याकालभर अमेरिकामा यो विवाद कायम रहने आकलन गरिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);