कश्मिर आक्रमणका दोषीले ठूलो मुल्य चुकाउनुपर्ने मोदीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

जेठ २८ २०८३, शुक्रबार

कश्मिर आक्रमणका दोषीले ठूलो मुल्य चुकाउनुपर्ने मोदीको चेतावनी

pm-modi

एजेन्सी, ३ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मिरमा भएको आक्रमणका दोषीले ठूलो मुल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

शुक्रवार नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा बोल्दै भारतीय प्रधानमन्त्री मोदीले घटनाका दोषीलाई कडा कारवाही गरिने बताए । उनले आक्रमणको दोष पाकिस्तानप्रति सङ्केत गर्दै भारतलाई अस्तव्यस्त बनाउने प्रयास सफल नहुने बताए ।

भारतीय प्रधानमन्त्री मोदीले अहिलेको यो समय एकदमै संवेदनशिल र भावुक क्षण भएको भन्दै पक्ष विपक्ष नभई आक्रमणविरुद्ध सबै एकजुट हुनुपर्ने बताए । यता, पाकिस्तानले भने कश्मिर घट्नामा कुनै संलग्नता नभएको दाबी गरेको छ ।

विहीवार भारतको प्रशासित कश्मीरको पुलवामा भन्ने ठाउँमा अर्धसैनिक बलका जवानहरु चढेको गाडीको लस्करमा भएको आत्माघाती विस्फोटनमा कम्तीमा ४५ जना अर्धसैनिक मारिएका थिए ।

ताजा समाचार

Test Post Created

३ घन्टा अघि

Test Post Created

३ घन्टा अघि

Test Post Created

४ घन्टा अघि