सरकारले आफूसंग गरेको सहमति कार्यान्वयन गर्नमा ढिलाई गरेको बिप्लव समूहको आरोप | ईमाउण्टेन समाचार

Our Network

जेठ २८ २०८३, शुक्रबार

सरकारले आफूसंग गरेको सहमति कार्यान्वयन गर्नमा ढिलाई गरेको बिप्लव समूहको आरोप

काठमाडौँ । नेत्र विक्रम चन्द बिप्लव नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले आफुहरुसंग भएको सहमति सरकारले कार्यान्वयन नगरे त्यस्को मुल्य चुकाउनुपर्ने बताएका छन् ।

चन्द समुहले आईतबार काठमाण्डौमा गरेको पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाण्डले संसदवादी दलहरुमा देखिएको राजनीतिक संघर्ष, सरकार विरुद्धको संसदीय मोर्चा लगायतले सहमति कार्यान्वयनमा प्रभाव पारेको देखिए पनि त्यसमा सरकार इमान्दार हुनुपर्नेमा जोड दिएका हुन् ।

सहमति कार्यान्वयनका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटपछि भएको पत्रकार सम्मेलनमा प्रकाण्डले सहमति कार्यान्वयन भएन भने त्यसको मुल्य सरकारले चुकाउनुपर्ने बताए ।

उनले सहमति अनुसार बन्दी बनेका आफ्ना नेता कार्यकर्ता छोड्न ढिलाई भईरहँदा जनस्तरमा विभिन्न प्रश्न उठेको भएपनि सम्झौताको राजनीतिक महत्व घट्यो भन्ने भनाईमा सत्यता नभएको दाबी गरेका छन् । सहमति कार्यान्वयनमा जटिलता आएको तर आफुहरुसंगको सहमति कार्यान्वयन गर्नैपर्ने तर्क पनि उहाँले गर्नुभयो । बोलेर पुरा नगर्ने प्रवृत्ति राजनीतिमा र धेरै संसदवादमा रहेको उल्लेख गर्दै उहाँले जनतासंगको राजनीतिमा त्यो स्वीकार नहुने चेतावनी दिए ।

उहाँले आईतबारको भेटघाटले एउटा साझा जिम्मेवारी पनि प्रदान गरेको र आफुहरुको तर्फबाट गर्नेकामहरु आफुहरु गर्ने र सरकारको तर्फबाट राजन भट्टराईले गर्ने गरि जिम्मेवारी तोकिएको पनि जानकारी दिए । उनले सरकार र आफ्नो पार्टीबीचको सहमति राजनीतिक मुद्धा भएकाले कुनै पनि राजनीतिक दल वा सत्तापक्ष वा प्रतिपक्षीहरु सहमतिको विरुद्ध जानुपर्ने आवश्यकता नरहेको बताएका छन् ।

आईतबारको भेटघाटले जनतालाई आशावादी र उत्साहित बनाउँछ भन्ने आफुहरुले ठानेको भन्दै उनले बन्दी नेता कार्याकर्ताको रिहाई पछि नेपालको राजनीतिक, आर्थिक सामाजिक समस्यालाई शान्तिपुर्ण ढंगले वार्ता र संवादको माध्यमबाट हल गर्ने मुद्धामा प्रवेश गर्ने बताए । त्यसपछि राष्ट्रिय राजनीतिक मुद्दामा पनि छलफल सुरु गर्ने उनको भनाई थियो ।

Leave a Reply

ताजा समाचार

Test Post Created

५ घन्टा अघि

Test Post Created

५ घन्टा अघि

Test Post Created

६ घन्टा अघि

15 Knowledge That will Replace your Mental health

११ घन्टा अघि