आफ्नै पार्टीका नेताका कारण प्रधानमन्त्री ओलीलाई सरकार टिकाउन हैरानी : प्रकाण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आफ्नै पार्टीका नेताका कारण प्रधानमन्त्री ओलीलाई सरकार टिकाउन हैरानी : प्रकाण्ड

काठमाडौं, ९ पुस । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर बिश्वकर्मा प्रकाण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार टिकाउन हैरानी भएको बताएका छन् ।

क्रान्तिकारी पत्रकार संगठनले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेनलमा बोल्दै उनले कसैका कारणले नभई आफ्नै पार्टीका नेताहरुका कारण प्रधानमन्त्री ओलीलाई सरकार टिकाउन हैरानी परेको बताए ।

सरकार बिरुद्ध कडा रुपमा प्रस्तुत भएका प्रकाण्डले अहिलेको सरकार र मन्त्रीहरु बिगतको भन्दा झनै बढी भ्रष्टाचारी भएको आरोप लगाए । उनले बिगतमा काग्रेसका मन्त्रीहरुले लाख र करोडमा भ्रष्टाचार गर्थे अहिले कम्युनिष्ट पार्टिका मन्त्रीहरुले अर्बौमा भ्रष्टाचार गरेर कम्युनिष्ट पार्टीकै वेइज्जत गरेको आरोप लगाए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);