संसदीय समितिले शिक्षा विधेयकका बिषयमा डा. गोबिन्द केसीसंग पुनः छलफल गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

संसदीय समितिले शिक्षा विधेयकका बिषयमा डा. गोबिन्द केसीसंग पुनः छलफल गर्ने

काठमाडौं, ९ पुस । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’का विषयमा वरिष्ठ चिकित्सक गोविन्द केसीसँग पुनः छलफल गर्ने निर्णय गरेको छ ।

समितिको सोमबार बसेको बैठकले विधेयकको केही व्यवस्थामा थप स्पष्टता आवश्यक रहेको निष्कर्ष निकाल्दै वरिष्ठ चिकित्सक केसीसँग पुनः छलफल गर्ने निर्णय गरेको हो । विधेयकको केही प्रावधानमा स्पष्टता ल्याउन पनि वरिष्ठ चिकित्सक केसीसँग एक पटक पुनः छलफल गर्ने निर्णय गरिएको समितिका सदस्य एवम् काँग्रेस सांसद गगनकुमार थापाले जानकारी दिए ।

समितिले सो विधेयक सरकार र वरिष्ठ चिकित्सक केसीबीच भएको सहमति अनुसार अघि बढाउने गरी उपसमिति बनाएर छलफल गरिरहेको छ ।

समितिका अर्का सदस्य एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद योगेश भट्टराईले केसी र सरकारबीच भएको सहमति अनुसार अघि बढ्दा १० वर्षसम्म नै नेपालको कुनै पनि ठाउँमा मेडिकल कलेज खुल्ने अवस्था नरहेकाले सो सम्बन्धमा सम्बन्धित पक्षसँग पुनः छलफल गर्ने निर्णय गर्नु परेको स्पष्ट पारे ।

वरिष्ठ चिकित्सक केसीसँग गरिएको सहमतिमा ३ सय ५० बेडको अस्पतालले मात्रै नयाँ मेडिकल कलेज स्थापनाका लागि सम्बन्धन दिन पाउने उल्लेख गरिएको छ । सो प्रस्तावले नयाँ मेडिकल कलेज खोल्न १० वर्ष लाग्ने सरकार र संसदीय समितिको निष्कर्ष छ ।

समितिले संघीय संसदको हिउँदे अधिवेशनको सुरुमै पारित गराउने गरी सो विधेयक संघीय संसदमा पेश गर्ने तयारी पनि गरेको छ । सो विधेयक वरिष्ठ चिकित्सक केसीसँग भएको सहमति अनुसार नै अघि बढाउने समितिको तयारी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);