सरकारले आगामी वर्ष ‘साक्षर नेपाल अभियान’ सञ्चालन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सरकारले आगामी वर्ष ‘साक्षर नेपाल अभियान’ सञ्चालन गर्ने

giriraj pokhrel

काठमाडौं, ११ असोज । सरकारले आगामी वर्ष ‘साक्षर नेपाल अभियान’ सञ्चालन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सरकारले आगामी वर्ष ‘साक्षर नेपाल अभियान’ संचालन गर्न लागेको जानकारी गराएका हुन् ।

बिहीबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्रालयका भावी योजनाबारे जानकारी गराउने क्रममा उनले आगामी वर्षलाई साक्षर नेपाल अभियानको रुपमा अघि बढाउन लागिएको बताए ।

त्यसका लागि सरकारले आन्तरिक रुपमा व्यापक छलफल गरिरहेको पनि मन्त्री पोखरेलको दावी छ । सरकारले यो वर्ष सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने अभियान संचालन गरेको छ । अर्को वर्ष सबै नागरिकलाई साक्षर बनाउने अभियान अघि बढाउने योजना तय गरिएको मन्त्री पोखरेलले बताए ।

मन्त्री पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमति अनुसार नै पारित गर्ने प्रतिवद्धता जनाए । उनले विगतमा गरिएका सहमति अनुसार अघि बढाउने उल्लेख गर्दै सो विधेयक पारित गर्न ढिलाई नगर्न पनि समिति समक्ष आग्रह गरे ।

आगामी शैक्षिक सत्रदेखि ऐनको रुपमा लागू गराउने सो विधेयक पारित गर्न अव संघीय संसदले पनि ढिलाई गर्न नहुने मन्त्री पोखरेलको भनाई छ ।

बैठकमा समितिका सदस्यहरुले सो विधेयक वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमति अनुसार नै संघीय संसदले पारित गर्ने विश्वास व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);