साक्षरताको बिषयमा सरकारका काम भन्दा गफ ठुला, सरकारलाई प्रश्न पूर्ण साक्षर कहिले ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

साक्षरताको बिषयमा सरकारका काम भन्दा गफ ठुला, सरकारलाई प्रश्न पूर्ण साक्षर कहिले ?

ईमाउण्टेन डेक्स्
काठमाडौं । आज देशभर ४० औँ राष्ट्रिय शिक्षा दिवस तथा ५६ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइदैछ । हामी सबैको प्रणः सार्वजानिक शिक्षा प्रणलीको सवलीकरण भन्ने मूल नाराका साथ आज देशव्यापी रुपमा मनाइदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष सेप्टेम्बर ८ लाई अन्तर्राष्ट्रिय साक्षरता दिवसका रूपमा मनाइन्छ । यस वर्ष यो दिवसलाई नेपालमा पनि साक्षरता सिकाइको क्षेत्रमा रुपान्तरण भन्ने नाराका साथ मनाउन लागिएको छ । तर साक्षरता दिवस मनाइ रहदा मुलुकबाट दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने भनी राज्यले प्रतिबद्धता व्यक्त गरेको १४ वर्ष बित्दा पनि १६ जिल्ला अझैसम्म निरक्षरमुक्त हुन नसकेको वास्तविकताले सरकारलाई भने नराम्रो संग गिज्याइरहेको देखिन्छ । सरकारले २०६५ सालमा दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्य अगाडि सारेको थियो । त्यसले केही मात्रामा निरक्षरहरुले साक्षरता प्राप्ति गरेपनि निरक्षर रहेका धेरै जनाले अझै राम्रो संग अंक अक्षर सम्म छुट्याउन सक्ने अवस्थामा रहेका छैनन् ।

आज र ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउँदासम्ममा मधेश प्रदेशका कुनै पनि जिल्ला साक्षर घोषणा भएका छैनन् । दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नेपाली विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाकर्मीलगायत सबैमा बधाई तथा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले आगामी दुई वर्षभित्र साक्षर नेपाल घोषण गर्ने प्रतिबद्धता पनि जनाएका छन् । उनले जनाएको प्रतिवद्धताले पुन १४ बर्ष अगाडिकै सरकाले गरेको प्रतिबद्धतालाई प्रष्ट संग सम्झाएको छ । कसरी निरक्षरहरुलाई साक्षरता दिने भन्ने कुनै ठोस योजना बिना यसरी गरीने प्रतिवद्धताहरुले खालि उहि भाषणका अगाडि तालि ठोक्ने बाहेक अन्य उपलब्धिहरु हाँसिल हुदैन । शिक्षालाई आम जनताको पहुँचमा पु¥याउन सामुदायिक शिक्षा प्रणालीलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने देउवाको सन्देशमा जनाइएको छ तर राज्यले २ बर्ष भित्र निरक्षता उन्मूलन गर्ने १४ बर्ष अगाडि जनाएको जस्तै अहिलेको प्रतिबद्धताले भने पूर्ण साक्षर कहिले हुने हो ? भन्ने जस्ता प्रश्न चिन्ह्र सरकार सामु तेस्रीएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);