‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ सहमति गरेर मात्रै संसदबाट पारित गराउन कांग्रेसको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ सहमति गरेर मात्रै संसदबाट पारित गराउन कांग्रेसको आग्रह

काठमाडौं, २९ पुस । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ आफूहरुसँग सहमति गरेर मात्रै संसदबाट पारित गराउन सरकारलाई आग्रह गरेको छ । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले आफ्नो पार्टीसँग सहमति गरेर मात्रै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गराउन सरकारलाई आग्रह गरेका हुन् ।

उनले बहुमतको आडमा सो विधेयक सत्तापक्षले पारित गराए आफ्नो पार्टी संसद बैठक अवरोध गर्न बाध्य हुने चेतावनी पनि दिए । आईतबार संघीय संसद अन्तरगतको प्रतिनिधिसभामा सो विधेयक पेश गरिएको छ ।

सो विधेयकप्रति असहमति जनाउँदै वरिष्ठ चिकित्सक गोविन्द केसीले इलाममा पुगेर आमरण अनसन सुरु गरेका छन् । वरिष्ठ चिकित्सक केसीसँग भएको सहमति सो विधेयकमा परेकै हुनुपर्ने यता, प्रमुख प्रतिपक्ष दल काँग्रेसको अडान छ ।

काँग्र्रेस नेता बडुले वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य अवस्था बिग्रदै गएकोतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउँदै उनीसँग भएको सहमति अनुसार सो विधेयक पारित गर्न सरकारलाई पुनः छलफलमा आउन सचेत गराए । सो विधेयक संसदमा पेश गरेपछि संचारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उनले सो विधेयक बहुमतको आडमा पारित गराए संसद बैठक अवरुद्ध पार्ने चेतावनी दिए ।

काँग्रेस सांसदहरुले असहमति जनाएपछि वरिष्ठ चिकित्सक केसीसँग भएको सहमति विपरित सो विधेयक संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिमा बहुमतले पारित गरी संघीय संसदको प्रतिनिधिसभामा पेश गरिएको हो ।

आफूसँग भएको सहमति विपरित सो विधेयक संसदीय समितिले पारित गरेपछि वरिष्ठ चिकित्सक केसीले इलाममा पुगेर १६ औं पटक आमरण अनसन सुरु गरेका छन् । काँग्रेस नेता बडुले उनको स्वास्थ्य अवस्थालाई समेत ख्याल गरेर सो विधेयक सहमतिमै पारित गराउन सरकारलाई सचेत गराएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);