प्रमुख तीन दलको बैठक निष्कर्ष विहीन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौं, २७ असोज ।  चिकित्सा शिक्षा विधेयक र राष्ट्रिय सभा निर्वाचन सम्बन्धि विधेयकमा सहमति जुटाउन बसेको प्रमुख तीन दलको शुक्रबारको बैठक विना निष्कर्ष सकिएको छ ।

व्यवस्थापिका संसद भवन नयाँ बानेश्वारमा बसेको बैठकमा काँग्रेस, एमाले र माओवादी केन्द्रको शिर्ष नेतृत्वले आ–आफ्नै अडान दोेहो¥याएपछि दुवै विधेयकमा सहमति जुटाउने सभामुख ओनसरी घर्तीको प्रयास असफल भएको हो । यो सँगै दुवै विधेयक संसदको शुक्रबारको कार्यसूचिबाट हटाइएको छ । चिकित्सा शिक्षा विधेयक र राष्ट्रिय सभा निर्वाचन सम्बन्धि विधेयक संसदबाट पारित गराउने प्रयास असफल भएपछि त्यसलाई संसदको कार्यसूचिबाट हटाउनु परेको सभामुख घर्तीका प्रेस संयोजक वविन शर्माले जानकारी दिए । बैठकमा प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुवै विधेयकलाई फरक ढंगले सहमति जुटाएर अघि बढने प्रतिवद्धता सभामुख घर्ती समक्ष व्यक्त गरेका थिए ।

 

सत्तारुढ काँग्रेसले चिकित्सा शिक्षा विधेयकमा वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गरेर पारित गर्नुपर्ने अडान लिएको थियो भने एमाले र माओवादी केन्द्रले संसदीय समितिले दिएको सुझावको आधारमा मात्रै विधेयक पारित गर्नुपर्ने धारणा राखेका थिए । त्यसैगरी प्रमुख प्रतिपक्ष दल एमालेले बहुमतीय प्रक्रियाबाट राष्ट्रिय सभा निर्वाचन गर्नुपर्ने अडान लिएपछि सो सम्बन्धि विधेयक पनि संसदमा अघि बढाउन नसकिएको हो ।

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);