प्रदेश र प्रतिनिधिसभा निर्वाचनको ७५ प्रतिशत तयारी पूरा गरेको निर्वाचन आयोगको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८३, बुधवार

काठमाडौं, २७ असोज ।  निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको ७५ प्रतिशत तयारी पूरा भएको जानकारी दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रधानमन्त्री शेरबहादुर देउवासहित राजनीतिक दलका नेतृत्वसँग शुक्रबार सामुहिक भेटगरी आयोगले केन्द्रीय स्तरमा गर्नुपर्ने ७५ प्रतिशत भन्दा बढि तयारी पूरा गरेको जानकारी गराएका हुन् ।

सरकारले निर्वाचनको मिति हेरफेर गर्ने आशंका भईरहेका बेला प्रमुख निर्वाचन आयुक्त यादवले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । प्रमुख आयुक्त यादवले तोकिएकै मितिमा निर्वाचन गराउन निर्वाचन आयोग सबै तबरबाट तयार रहेको स्पष्ट पारे । उनले निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न उनले दलका नेताहरुको ध्यानाकर्षण पनि गराए। सरकारले आगामी मंसीर १० र २१ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने गरी मिति तोकेको छ ।