ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगको आग्रह | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगको आग्रह

nirbachan aayog

काठमाण्डौँ, ६ मंसिर । निर्वाचन आयोगले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा ढुक्क भएर मतदान गर्न आम मतदातालाई अपिल गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले केही ठाउँमा देखिएको सुरक्षा चुनौति पनि सम्बोधन भईसकेको उल्लेख गर्दै अबव ढुक्क भएर मतदानमा भाग लिन आम मतदातालाई अपिल गरेका हुन् । आईतबार पहिलो चरणमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनबारे संचारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आम मतदाता डर, भय र त्रासमुक्त भएर मतदातामा भाग लिन आतुर देखिएको पनि बताए । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनका लागि सुरक्षाको पूर्ण प्रत्याभूति भईसकेको पनि उल्लेख गरे । उनले सबै ठाउँमा सुरक्षाको सुदृढ व्यवस्था गरिएको पनि स्पष्ट पारे ।

प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न संचार माध्यमको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । उनले निर्वाचन संघीयता, गणतन्त्रसहितको उपलब्धिलाई संस्थागत गर्ने आधारशीला भएकाले त्यसलाई सफल बनाउन संचारमाध्यमले सन्तुलित भूमिका खेल्नुपर्नेमा पनि जोड दिए ।

निर्वाचन आयोगले पहिलो चरणमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भईसकेको पनि स्पष्ट पारेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);