ढुक्क भएर मतदान गर्नुहोस्, सुरक्षाको कुनै समस्या छैन : प्रमुख निर्वाचन आयुक्त यादव | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ढुक्क भएर मतदान गर्नुहोस्, सुरक्षाको कुनै समस्या छैन : प्रमुख निर्वाचन आयुक्त यादव

काठमाडौं, ८ मंसिर । प्रमुख निर्वाचन आयुक्त डा। अयोधिप्रसाद यादवले मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचनको लागि सरकारले सुरक्षाको पूर्ण प्रत्याभुति गरेकोले ढुक्क भएर मतदान गर्न आम मतदाताहरुलाई अपिल गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले सुरक्षाको सम्पूर्ण व्यवस्था अत्यन्तै चुस्त बनाईएकोले ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई आग्रह गरेका हुन् । उनले भने,‘’केही ठाउँमा भएका छिटपुट घट्नालाई लिएर सुरक्षाबारे अफवाह फैलाउने काम भएको छ, तर सुरक्षाको पूर्ण व्यवस्था गरिएको छ, ढुक्क भएर मतदान गर्नको लागि निर्वाचन आयोग यही मञ्चबाट अपिल गर्न चाहन्छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आयोगले निर्वाचन सुरक्षाबारे सुरक्षा निकायका प्रमुख र सम्बन्धित अधिकारीहरुसँग निरन्तर छलफल गरिरहेको समेत जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);