मंसिर २१ गते ढुक्क भएर मतदान गर्न सरकारको अपिल | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

काठमाडौं, १५ मंसिर । सरकारले आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा ढुक्क भएर मतदान गर्न आम मतदातालाई अपिल गरेको छ ।

चार वटै सुरक्षा निकायका प्रमुखहरुले शुक्रबार अपरान्ह निर्वाचन आयोगका पदाधिकारीहरुसँगको सामूहिक भेटमा निर्वाचनका लागि सुरक्षा व्यवस्था सुदृढ रहेको जानकारी गराउँदै ढुक्क भएर मतदानमा भाग लिन आम मतदातालाई अपिल गरेका हुन् ।

सुरक्षा व्यवस्था सुदृढ भएकाले निर्धक्कसँग मतदानमा भाग लिन आम मतदातालाई पुनः आह्वान गरिएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले जानकारी दिए । बैठकमा सुरक्षा निकायका प्रमुखहरुले उम्मेदवारमाथि लक्षित गर्दै भईरहेका निर्वाचन विरोधि गतिविधिलाई दोहोरिन नदिने प्रतिवद्धता पनि जनाएका थिए ।

छलफलमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन विरोधि गतिविधि हुन नदिन सुरक्षा निकायका प्रमुखहरुको गम्भिर ध्यानाकर्षण गराएका थिए ।

यसैबीच, निर्वाचन आयोगले निर्वाचनको निष्पक्षतामा प्रतिकूल प्रभाव पार्नेगरी सामाजिक संजालमा राखिएका अडियो, भिडियो, फोटो तथा सहिदका तस्वीरलाई तत्काल हटाउने व्यवस्था गर्न, गराउन र अटेर गरे कडा कार्वाही गर्न पनि सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी निर्वाचन आचारसंहिता विपरित हुनेगरी सामाजिक संजालहरुमा राखिएका सामग्रीहरु तत्काल हटाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई सचेत गराएका छन् । निर्वाचन आयोगले निर्वाचन विरोधि गतिविधि हुन नदिन सम्वद्ध सबै पक्षको पुनः ध्यानाकर्षण गराएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);