'लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धन कांग्रेस–एमालेकै परिवर्तित स्वरुप' | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८३, बुधवार

सप्तरी, १५ मंसिर । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धन कांग्रेस–एमालेकै परिवर्तित स्वरुप भएको आरोप लगाएका छन् ।

निर्वाचन प्रचारप्रसारका क्रममा सप्तरी पुगेका भट्टराईले कांग्रेसलाई समेत निशाना बनाए । नेपाली कांग्रेसले लोकतन्त्रको ठेक्का लिनु उदारवादी प्रजातन्त्रमात्र भएको उनको भनाइ थियो ।

पहिलो चरणको चुनाव नहुँदासम्म कांग्रेसको पक्ष लिएर चुनाव प्रचार गर्दै आएका भट्टराईले निर्वाचनपछि पहिलोपटक कांग्रेसको आलोचना गरेका हुन् । कांग्रेस र वाम गठबन्धनसँग आफ्नो बराबरीको दूरी रहेको भन्दै उनले कांग्रेससँग गोरखा र रसुवामा चुनावी तालमेलमात्र गरेको स्पष्टोक्ति दिए ।

 

ताजा समाचार