४५ जिल्लाका निर्वाचन कार्यालयलाई अधिकार प्रत्यायोजन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाडौं, १५ मंसिर । निर्वाचन आयोगले दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाका निर्वाचन कार्यालयलाई सबै अधिकार प्रत्यायोजन गरेको छ ।

अधिकार प्रत्यायोजन गरेसँगै मतदान अधिकृत र निर्वाचनसँग सम्बन्धित कर्मचारीलाई व्यबस्थापनमा जुट्न आयोगले निर्देशन दिएको छ । आज ललितपुर क्षेत्र नम्वर ३ मा आयोजित निर्वाचन प्रक्षिक्षण कार्यक्रमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मतदान स्थलको व्यवस्थापन, सुरक्षालगायतका अधिकार सम्बन्धित जिल्ला निर्वाचन कार्यालयलाई प्रत्यायोजन गरिएको जानकारी दिए । उनले मतदान अधिकृतलाई आफ्नो कर्तब्य र अधिकार ख्याल राख्न सचेत गराए ।

प्रमुख आयुक्त यादवले पछिल्लो समय निर्वाचन सुरक्षा चुनौतीपूर्ण देखिएको भन्दै सुरक्षा व्यवस्था सुदृढ बनाउन सरकारसँग आग्रह गरे । निर्वाचनलाई भव्य र सभ्य रुपमा सम्पन्न गराउन आयोगले सबै पक्षको रचनात्मक सहयोगको अपेक्षा गरेको उनले बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);