अस्थायी मुकाम तोकिएसँगै सुरक्षा चुनौति थपियो : निर्वाचन आयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाडौं, ४ माघ । निर्वाचन आयोगले अस्थायी मुकाम तोकिएसँगै सुरक्षा चुनौति थपिएको ठहर गरेको छ । आयोगले राष्ट्रियसभा निर्वाचनको व्यवस्थापनमा जुट्न सबै निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।

आज काठमाडौंमा आयोजित राष्ट्रियसभा निर्वाचन संञ्चालन तथा व्यवस्थापन प्रशिक्षण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले निर्वाचनलाई उत्कृष्ट व्यवस्थापनकासाथ सम्पन्न गर्न सम्बन्धित प्रदेशका निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएका छन् ।

अस्थायी मुकाम तोकिएसँगै सुरक्षा चुनौति थपिएको भन्दै उनले त्यसलाई सहज बनाउन सरकार र राजनीतिक दलहरुको ध्यानाकर्षणसमेत गराए। उनले सुरक्षा चुनौति हल गर्न स्थानीय राजनीतिक दलसँग सहकार्य गरेर अघि बढ्न निर्वाचन अधिकृतहरुलाई सचेत गराए।

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतगणनालाई सहज बनाउन प्रविधिको प्रयोग गर्ने तयारीसमेत गरेको छ । आयोगले निर्वाचनका लागि आवश्यक निर्देशिका र नियमावली बनाउने काम सम्पन्न भइसकेको जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त यादवले आगामी माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचन निष्पक्ष ढंगले सम्पन्न गर्न सरकार र राजनीतिक दलहरुले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने विश्वास व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);