राष्ट्रिय सभा निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई देउवाकाे निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असोज ८ २०८३, शुक्रबार

राष्ट्रिय सभा निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई देउवाकाे निर्देशन

deuba

काठमाडौं, ४ माघ । नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभा निर्वाचनको तयारीमा जुट्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सभापति देउवाले बिहीबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा केन्द्रिय कार्य समिति बैठकको शुभारम्भ गर्दै राष्ट्रिय सभा निर्वाचनको तयारीमा केन्द्रित हुन पार्टीका नेताहरुलाई निर्देशन दिएका हुन् । बैठकको सुरुमै पार्टी सभापति देउवाले राष्ट्रिय सभाको निर्वाचनमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

त्यस क्रममा सभापति देउवाले निर्वाचनको समिक्षाका लागि तत्काल पार्टी महासमिति बैठक बोलाउने आश्वासन दिएका छन् । निर्वाचनपछि पहिलो पटक बसेको पार्टी केन्द्रिय कार्य समिति बैठकमा सभापति देउवाले निर्वाचनमा पार्टीले पराजय व्यहोर्नु पर्नाका कारणको खोजी गर्न आफू खुला दिलका साथ बहस गर्न तयार रहेको बताएको प्रवक्ता शर्माले जानकारी दिए ।

बैठकमा बोल्दै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा पराजय व्यहोर्नु पर्नाको कारणको समिक्षा गरेर मात्रै पार्टीलाई सुदृढ बनाउन सकिने धारणा राखेका छन् । बैठकमा नेताहरुले एकतावद्ध भएर राष्ट्रिय सभा निर्वाचनको तयारीमा जुटने वातावरण तत्काल बनाउन पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।

ताजा समाचार