कांग्रेसलाई विजयी हुनबाट कसैले रोक्न सक्दैन : देउवा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं, १० कात्तिक । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी हुनबाट कुनै पनि शक्तिले रोक्न नसक्ने बताएका छन् ।

प्रधानमन्त्री देउवाले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा विजयी गराउन एकतावद्ध भएर चुनावी अभियानमा जुट्न काँग्रेस नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

शुक्रबार बालुवाटारस्थित आफ्नै सरकारी निवासमा आयोजित नेपाल तरुण दलको ६४ औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले बाम गठबन्धनविरुद्ध डटेर मुकाविला गर्दै प्रजातन्त्रको रक्षाका लागि गाउँ–गाउँमा पुगेर चुनावी प्रचार अभियानलाई तीव्रता दिन तरुण दलका नेता, कार्यकर्तालाई सचेत गराए । प्रधानमन्त्री देउवाले बामपन्थी गठबन्धनले लोकतन्त्रलाई खतरामा पार्ने भएकाले त्यसबाट सचेत रहनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षाका लागि एकतावद्ध भएर अघि बढन तरुण दलका नेता, कार्यकर्तालाई आग्रह गरे । उनले एमाले र माओवादी केन्द्रबीचको गठबन्धनले संविधानको मूल मर्ममाथि नै प्रहार गरेकाले संविधानको रक्षा गर्न आगामी निर्वाचनमा काँग्रेस विजयी हुनुको विकल्प नरहेको बताए ।

महामन्त्री डा. शशांक कोइरालाले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा काँग्रेस पहिलो पार्टी बन्न सक्षम हुने अपेक्षा गरे । उनले बामपन्थी गठबन्धनलाई पराजित गर्न पार्टीका नेता कार्यकर्तालाई एकतावद्ध भएर चुनावी अभियानमा लाग्न निर्देशन दिए । महामन्त्री कोइरालाले कम्युनिष्टहरुको एकताले लोकतन्त्रमाथि चुनौति थपिए पनि त्यसलाई पराजित गर्न काँग्रेस सफल हुने दावी गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);