अपडेट : बिर्तामोडमा प्रहरीको गोली लागेर १ जनाको मृत्यु, १० घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

झापा, १० कार्तिक । झापाको बिर्तामोडमा प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएको छ । १० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन्। मृत्यु हुनेमा अर्जुनधारा नगरपालिकाका ३० वर्षीय नरेश थापा  रहेकाे प्रहरीले पुष्टि गरेको छ । उनकाे दाहिने कोखामा गोली लागेको थियो ।

झापा अर्जुनधाराका ११ वर्षीय बालक लक्ष्मण सिवाकोटीको हत्यारालाई कारबाहीको माग गर्दै विर्तामोडमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १ जनाको  मृत्यु भएको हो ।

घाइते हुनेमा मेचीनगर–९ का अशोक बस्नेत, राजगढ–८ का सुनिल पाठक, दुर्गापुरका नवराज कोइराला, अर्जुनधारा–६ का पुण्यप्रसाद लुइँटेल, इलाममाई नगरपालिकाका मणि नेपाली र बिर्तामोड– ६ का देवानन्द राजवंशीको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेको नाम खुल्न सकेको छैन ।

सिवाकोटीको हत्यारालाई कारबाहीको माग गर्दै विर्तामोडमा भएको प्रदर्शन नियन्त्रण बाहिर गएपछि स्थानीय प्रसासनको आदेशमा बिर्तामोड क्षेत्रमा कफ्र्यू आदेश जारी गरीएको छ । कफ्र्यू अझै पनि जारी छ । प्रदर्शनकारीले कर्फ्यु तोडेर आन्दोलनमा उत्रेपछि  गोली चलाउनु परेको प्रहरीले जनाएको छ।

आज दिउँसो १ः३० बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कफ्र्यू जारी गरिएको थियो  । पूर्वमा वसपार्क क्षेत्र, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिणमा विर्तावजारसम्म कफ्र्यू जारी गरिएको छ ।

अर्जुनधारा नगरपालिका– ११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै विर्तामोडमा स्थानीयवासीले आज बिहानैदेखि प्रदर्शन गरेका थिए । यस क्रममा प्रहरीले दर्जनौंँ राउण्ड अश्रुग्यास तथा रवरको गोली प्रहार गरेको थियो । विर्तामोडको अवस्था तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले कफ्र्यू जारी गरेको हो ।

दशैंँको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा– ११ का शिवाकोटीको शव त्यसको भोलिपल्ट विर्तामोड– १ वैैसावाडी स्थित झाडीमा फेला परेको थियो । विर्तामोड– ५ का सुरेश पोखरेललगायतले हत्या गरेको भन्दै मृतकका काका विष्णुप्रसाद शिवाकोटीेले पोखरेल परिवारका आठजना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए ।

प्रहरीले आरोपितलाई कारबाहीको दायरामा नल्याएको भन्दै मृतक शिवाकोटीका आफन्त तथा स्थानीयवासीले आज विर्तामोड बन्द गरेका थिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);