अपडेटः बिर्तामोडमा प्रहरीको गोलीबाट एकको मृत्यु, दुई गम्भिर घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

झापा, १० कार्तिक । झापाको बिर्तामोडमा भएको झडपमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मुत्यु भएको छ ।

बालक हत्याको विषयमा भएको झडपमा परि अर्जुनधारा–५ का नरेश थापाको मृत्यु भएको हो। प्रहरीसँगको झडपमा परी घाइते भएका दुई जनाको मेची अस्पतालमा उपचार भईरहेको छ ।

अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारबाहीको माग गर्दै विर्तामोडमा स्थानीयवासीले प्रदर्शन गरेका थिए । प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।

स्थानीय प्रसासनको आदेशमा अहिले बिर्तामोड क्षेत्रमा कफ्र्यू लागेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);