सहमति पछि पनि बिर्तामोडको कर्फ्यु अझै जारी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बिर्तामोड, १२ कार्तिक। झापाको बिर्तामोडमा शुक्रबार दिउँसोबाट लगाइएको कर्फ्यु अझै नहट्दा सर्वसाधरण मारमा परेका छन्।

११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारबाहीको माग गर्दै बिर्तामोडमा झडप भएपछि शुक्रबार दिउँसो १ः३० बजे देखि कफ्र्यु लगाइएको थियो। सो क्रममा प्रहरीले चलाएको गोली लागेर अर्जुनधारा–११ का ३० वर्षीय नरेश थापाको शुक्रबार मृत्यु भएको थियो ।

शनिबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थापाको परिवारलाई रु १० लाख राहत उपलब्ध गराउन तत्काल गृह मन्त्रालयलाई अनुरोध गर्नेलगायतका आठ बुँदे निर्णय गरे पनि विर्तामोडमा लगाइएको कफ्र्यु भने अझै जारी रहेको छ।

कफ्र्युका कारण यातायात, क्याम्पस, कार्यलय लगाएतका निकायहरु बन्द रहेको कारण बिर्तामोडका जनजीवन प्रभावित रहेको बताइएको छ । प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएका इलामको माई नगरपालिकाका ४० वर्षीय मणिकुमार नेपालीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि शनिबार वीर अस्पतालको ट्रमा सेन्टर ल्याइएको छ।

बाँकी घाइते भएका ५ जनाको अवस्थामा सुधार आएको बताइएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);