वीरेन्द्रनगरमा गोली चल्यो, प्रशासनद्वारा कर्फ्यु आदेश जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

वीरेन्द्रनगरमा गोली चल्यो, प्रशासनद्वारा कर्फ्यु आदेश जारी

curfew birendranagar

वीरेन्द्रनगर, १४ माघ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरेको छ । मङ्गलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा अवस्थालाई नियन्त्रणमा लिन आज साँझ ६ः३० बजेदेखि बुधबार बिहान ६ बजेसम्मको लागि कर्फ्यु आदेश जारी गरेको छ ।

वीरेन्द्रनगरमा टिप्परको ठक्करबाट एक जनाको ज्यान गएपछि यहाँको अवस्था तनावग्रस्त बनेको हो । भे१प २१७८ नम्बरको मोटरसाइकलमा सवार कालीकोटका २१ वर्षीय केशरबहादुर सिंहलाई भे१ख २२४२ नम्बरको टिपरले आज विहान किचेको थियो । त्यसलगत्तै आफन्तले कर्णाली राजमार्ग बन्द गराएर आन्दोलन सुरु गरेका थिए ।

स्थानीय र आफन्तले गरेको आन्दोलनलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाएको छ । आन्दोलनले उग्र रुप लिएपछि गोली चलाउनु परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीले चलाएको गोली लागेर ८ जना घाइते भएका छन् ।


(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);