विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले चलाएको गोली लागेर एक प्रहरी घाईते | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले चलाएको गोली लागेर एक प्रहरी घाईते

बर्दिया, १४ माघ । बर्दियाको ढोढरिमा नेत्र बिक्रम चन्द विप्लवका कार्यकर्ताले चलाएको गोली लागेर एक प्रहरी जवान घाइते भएका छन् ।

बर्दियामा रहेको एनसेल टावरमा आक्रमण गर्ने योजनामा रहेका चन्दका कार्यकर्तालाई पक्राउ गर्न खोजेपछि उनीहरुले प्रहरीमाथि गोली चलाएका थिए ।

चन्दका कार्यकर्ताको गोली लागेर प्रहरी जवान गंगाराम थारु घाईते भएका हुन् । घाइते थारुको गुलरिया अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाका अनुसार एनसेलको टावरमा आगो लगाउन आएका विप्लवका कार्यकर्ता ढोढरी जंगलमा लुकेर बसेको गोप्य सूचनाको आधारमा खोजतलासका क्रममा पक्राउ गर्न खोज्दा उनीहरुले प्रहरीमाथि गोली चलाएका हुन । गोलि प्रहार गर्ने चन्दका कार्यकर्ता रोहित सुनार र जय बहादुर ठाडा मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

ताजा समाचार