इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा तोडफोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा तोडफोड

इलाम, १४ माघ । इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा सोमबार साँझ तोडफोड भएको छ । सोमबार साँझ छ बजेपछि अज्ञात समूहले तोडफोड गरेको हो । तोडफोडबाट क्याम्पसका २ झ्यालका सिसा फुटेका छन् भने क्याम्पसले टाँस गरेका सूचना समेत च्यातिएको छ ।

क्षतिका बारेमा मुचुल्का उठाउन जिल्ला प्रहरी कार्यालय इलाममा जानकारी गराउँदा पनि कुनै वास्ता नगरेको क्याम्पस प्रमुख रामप्रसाद गुरगाइँको गुनासो छ ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारी क्षेत्रीले पुलिस घटनास्थलतर्फ गएको जानकारी गराउनुभयो । घटनापछि ढिलो गरि पुगेको भन्दै प्रहरीको आलोचना सुरु भएको छ ।

क्याम्पस जस्तो शैक्षिक संस्थामा अभद्र गतिविधि गरिनुले सिंगो शैक्षिक केन्द्रलाई आक्रमण भएको लिम्बू विद्यार्थी मञ्चका अध्यक्ष शुक्रराज माबो लिम्बूले बताउनु भयो ।

महेन्द्ररत्न बहुमुखी क्याम्पसमा लामो समयदेखि आन्दोलन भइरहेको छ । क्याम्पसमा क्याम्पस प्रमुखको राजिनामा माग्दै १८ बुँदे माग गर्दै नेकपा निकटको बिद्यार्थी संगठन अनेरास्ववियुले प्रमुखको कार्यकक्ष, सहायक प्रमुखको कार्यकक्ष र लेखा शाखामा तालाबन्दी गरेको छ ।

यसबाट विद्यार्थीको भर्ना र परिक्षा फारम भर्न समस्या भइरहेको छ । समस्या समाधान गराउन सम्बन्धित निकाय लाग्नुपर्ने स्थानीयको माग छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);