ठाकुर राम बहुमुखी क्याम्पसमा आंशिक प्रध्यापक निर्देशिका जलाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ठाकुर राम बहुमुखी क्याम्पसमा आंशिक प्रध्यापक निर्देशिका जलाइयो

वीरगञ्ज,२१ भदौ । ठाकुर राम बहुमुखी क्याम्पस वीरगञ्जमा आज आंशिक प्रध्यापक निर्देशिका जलाइएकाे छ । त्रिभुवन विश्व विद्यालयमा विगत १५ वर्षदेखी कार्यरत आंशिक प्रध्यापककाे विरुद्ध निर्देशिका आएकाे भन्दै आंशिक प्रध्यापकहरुले निर्देशिकाकाे प्रतिलिपी जलाएका छन् ।

विगत लामाे समयदेखी आंशिक रुपमा कार्यरत रहेका देशभरका सम्पूर्ण आङ्गिक क्याम्पसमा अध्यापनरत आंशिक प्राध्यापककाबीच समय-समयमा व्यवस्थापन गर्ने गरी सहमती भएकाेमा, त्यसकाे विपरित त्रि.वि. पदाधिकारीले मनाेमानी तरिकाले निर्देशिका ल्याएकाे आंशिक प्रध्यापकहरुले बताएका छन् ।

देशभरीका क्याम्पसमा यसकाे बिराेध भइरहेकाे र ठाउँ ठाउँमा निर्देशिका जलाउने कार्य पनि भइरहेकाे आंशिक प्रध्यापकहरुले जनाएका छन् ।

देशभरीका क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी आन्दाेलनमा हाेमिएका प्रध्यापककाे माग सुनवाई गर्ने भन्दा विस्थापित गर्ने गरी आएकाे निर्देशिका अमान्य भएकाेले हामीलाई समान कामकाे समान उपलब्ध गराउनु पर्ने एक सूत्रिय माग प्रति वेवस्ता गरिए क्याम्पस खुल्नसाथ सशक्त आन्दाेलन गरिने ठाकुर राम बहुमुखी एकाई समितिकाे अध्यक्ष शिक्षकहरूले बताएका छन् ‌

एकाइ अध्यक्ष यादवको अध्यक्षतामा भएको विराेधकाे कार्यक्रममा प्रध्यापक रुदल थाकुर, मुक्त भुसाल, राम प्रसाद पान्न्देय, हेत नारायण, निलम साह, दिप्ति कतुवाल, नारायण साह लगायतकाे उपस्तिथि रहेकाे थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);