त्रिविका आंशिक प्राध्यापकहरु पुन आन्दोलित, अनलाइन कक्षा बन्द | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

त्रिविका आंशिक प्राध्यापकहरु पुन आन्दोलित, अनलाइन कक्षा बन्द

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरूले अनलाइन कक्षा सञ्चालन नगर्ने बताएका छन् ।

त्रिवि आंशिक प्रध्यापक संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दे त्रिविका आंगिक क्याम्पसहरूका अनलाइन सञ्चालन नर्गे जनाएका हुन् गत वर्षको पुस २४ गते त्रिवि र आशिंक प्राध्यापक संघबीच भएको सहमति अनुसार सेवा सुविधा नपाएको भन्दै अनलाइन कक्षा बन्द गर्न परेको विज्ञप्तिमा उल्लेख गरिएको हो ।

त्रिविले पुस २४ गते आंशिक प्रध्यापकहरूलाई शिक्षण सहायक सरहको सेवा सुविधा उपलब्ध गराउने सम्झौता गरेपनि त्यसलाई हालसम्म कार्यान्वयन नगरेकोले अनलाइन कक्षा बन्द गर्ने निर्णय गरिएको प्रध्यापक संघको भनाई रहेको छ । कोरोनाका कारण अहिले देशभरका विधालयमा अनलाइन माध्यबाट कक्षा सञ्चालन हुँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);