कम्पनी घाटामा जान सक्ने भएकाले पेट्रोलियम पदार्थको मुल्यमा वृद्धि : निगम | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

कम्पनी घाटामा जान सक्ने भएकाले पेट्रोलियम पदार्थको मुल्यमा वृद्धि : निगम

काठमाडौं । नेपाल आयल निगमले कम्पनी घाटामा जान सक्ने भएकाले पेट्रोलियम पदार्थको मुल्यमा वृद्धि गर्नुपरेको बताएको छ । नेपाल आयल निगमका प्रवन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलले अन्तर्राष्ट्रिय बजारमा क्रुड र डलरको भाउ अनपेक्षित रुपमा बढेकाले नेपालमा पनि पेट्रोलियम पद्धार्थको मुल्यवृद्धि गर्नुपरेको बताएका हुन् ।

उनले हाल आयल निगम निरन्तर घाटामा गइरहेको भन्दै नाफा कमाउने उद्देश्यका लागि नभई कम्पनीको नोक्सानीलाई कम गर्नका लागि मुल्यवृद्धि गरीएको बताएका छन् । आगामी दिनमा समेत पेट्रोलियम पदार्थको भाउमा मुल्यवृद्धि हुनसक्ने उनको भनाई रहेको छ।

आयल निगमले असार ९ गते राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल तथा डिजेल÷मट्टीतेलको साबिकको विक्रि मुल्यमा २ रुपैयाँ वृद्धिगरी नयाँ खुद्रा विक्रि मुल्य क्रमशः १२७ रुपैयाँ, ११० रुपैयाँ कायम गरेको छ ।

त्यसैगरी आन्तरिक उडानको हवाइ इन्धनमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरी ८२ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय उडानको हवाइ इन्धनमा अमेरिकी डलर २० ले वृद्धि गरी नयाँ विक्रि मुल्य अमेरिकी डलर ७४५ प्रति किलोलिटर कायम गर्ने निर्णय गरेको छ । यति वृद्धि गर्दापनि आयल निकै अझै घाटामा रहने आयल प्रवन्ध निर्देशक पौडेलको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);