मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन चर्काउने नेविसंघको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन चर्काउने नेविसंघको चेतावनी

NSU

फूलमाया आले
काठमाडौं, ४ जेठ । एक महिनामा दुईपटक पेट्रोलियम पदार्थको मूल्य बढ्न थालेपछि प्रतिपक्षी कांग्रेस निकट नेपाल विद्यार्थी संघ आन्दोलित भएको छ । उसले पछिल्लो पटकको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन चर्काउने चेतावनी पनि दिएको छ । यता, नेपाल आयल निगमले भने अन्तर्राष्ट्रिय बजारमा नै मुल्य बढेकाले मूल्य वृद्धि गर्नुपरेको बताएको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मुल्यवृद्धि गरेको विरोधमा नेपाल विद्यार्थी संघले शुक्रबार पनि विरोध प्रदर्शन गरेको छ । नेविसंघको टोलीले बबरमहलस्थित नेपाल आयल निगममा धर्ना नै बसेर विरोध गरेको हो । विद्यार्थी टोलीले निगमलाई मुल्य घटाउन माग गर्दै ज्ञापनपत्रसमेत बुझाएको छ । विद्यार्थीहरुले सरकारले जनतालाई राहत र सहुलियत दिनुपर्नेमा उल्टै मुल्य वृद्धि गरेको भन्दै खारेज नगरे चरणबद्ध रुपमा आन्दोलन गर्दै जाने चेतावनी दिएका छन् ।

१५ र १५ दिनमा निगमले पेट्रोलियम पदार्थको मुल्य समायोजन गर्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य बढीरहेकाले मूल्य समायोजन गरिएको निगमको भनाइ छ ।

निगमले पछिल्लो पटक पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर २–२ रुपैयाँ मूल्य वृद्धि गरेको छ । मूल्यवृद्धिपछि पेट्रोलको मुल्य प्रतिलिटर १ सय १० रुपैयाँ तथा  र मट्टितेलको मुल्य ९२ रुपैयाँ प्रति लिटर पुगेको छ । खान पकाउने ग्याँसमा भने मुल्य यथावत रहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);