पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको विरोधमा विद्यार्थी आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको विरोधमा विद्यार्थी आन्दोलित

student aandholan

काठमाडौं, ४ जेठ ।  पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघले नेपाल आयल निगम घेराउ गरेको छ । शुक्रबार नेपाल बिद्यार्थी संघले नेपाल आयल निगमा १ धण्टा धर्ना दिदै दैनिक उपभोग्य वस्तुको पटक पटक मूल्य बढाएर सरकारले जनताको ढाड सेकेको आरोप लगाएका छन ।

पेट्रोलियम पदार्थमा मुल्य वृद्धि हुदा दैनिक उपभोग्य बस्तुमा समेत मुल्य बृद्धि हुने भन्दै मूल्यवृद्धि जनहित विरोधी र कमिशन उन्मुख रहेको भन्दै नेविसंघले तत्काल फिर्ता लिन माग गरेका छन् । विद्यार्थीले निगमको गेट अगाडी नाराबाजी समेत लगाएका थिए ।

आफनो माग बेवास्ता गरिए जनताका बीचमा गई मूल्यवृद्धि विरुद्धको आन्दोलन थाल्ने चेतावनी विद्यार्थीको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);