पेट्रोलियम पदार्थको मूल्य मूल्यवृद्धि फिर्ता गर्न संयुक्त विद्यार्थी संगठनको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पेट्रोलियम पदार्थको मूल्य मूल्यवृद्धि फिर्ता गर्न संयुक्त विद्यार्थी संगठनको माग

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गरेकाे छ ।

बिहीबार नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाउँदै पाँच विद्यार्थी संगठनले कोरोना महामारी र लामो समयको बन्दाबन्दीको कारण जनताको जीवन कस्टकर बन्दै गएको अवस्था मूल्यवृद्धि हुनु आपत्तिजनक रहेको बताएको छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘जनतालाई राहत र सहुलियतको जरुरत रहेको अवस्थामा थप पिडा र आहत दिने यो मूल्यवृद्धि घोर जनविरोधी र घातक रहेको छ। ‘

नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैटौँ) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता नलिए कडा आन्दोलनमा उत्रिने चेतवानी समेत दिएको छ ।

निगमले मंगलबार खाना पकाउने एलपी ग्याससहित सबै इन्धनको मूल्य बृद्धि गरेको छ । जसअनुसार ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँ, पेट्रोलमा २ रुपैयाँ, डिजेल र मटितेलमा २/२ रुपैयाँ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);