सिंहदरबारमा एमाले कार्यदलकाे बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सिंहदरबारमा एमाले कार्यदलकाे बैठक सुरु

काठमाडाैं । नेकपा एमाले भित्रको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलको बैठक सुरु भएको छ ।

बैठकअघि बिहान कार्यदल सदस्य विष्णु पौडेल र भीम रावलबीच वार्ता भएको थियो । उक्त वार्तापछि रावल वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर गएका थिए । रावल कोटेश्वरबाट फर्केपछि मात्रै सिंहदरबारस्थित अर्थ मन्त्रालयमा कार्यदलको बैठक सुरु भएको हो ।

बुधबार बसेको दुई शीर्ष नेताबीचको भेटमा भएको छलफल अनुसार त्यसको अन्तिम खाका कोर्न कार्यदलको बैठक बस्न लागेको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार साँझ होटल मेरियटमा २ घण्टा छलफल भएको र सहमति नजिक नेताहरु पुगेकाले आजको बैठकलाई चासोको रुपमा लिइएको छ ।

दुई नेताहरुबीचको वार्तापछि कार्यदलका सदस्यहरुसँग पनि छलफल भएको थियो । यसअघि बुधबार अर्थमन्त्रालयमा बसेको एमाले कार्यदलको बैठकपछि पार्टी भित्रको विवाद समाधान हुनेतर्फ निकै सकारात्मक रहेको नेताहरु बताएका थिए ।

सोमबारदेखि नेकपा एमालेको कार्यदल सक्रिय छ । बुधबारको बैठकमा केन्द्रीय कमिटीको संख्या, पूर्वमाओवादी नेताहरूको व्यवस्थापन, सर्वोच्च अदालतमा दायर रिटको हकमा भाषा मिलाउने लगायत विषयमा भएको छलफल सहमति नजिक पुगेको नेताहरुले बताएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);