एमाले कार्यदलकाे बैठक बस्दै, आजसम्ममा सबै विवाद टुंगिने विश्वास | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एमाले कार्यदलकाे बैठक बस्दै, आजसम्ममा सबै विवाद टुंगिने विश्वास

काठमाडाैँ । नेकपा एमाले भित्रको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज पनि बस्दैछ ।

बुधबार बसेको दुई शीर्ष नेताबीचको भेटमा भएको छलफल अनुसार त्यसको अन्तिम खाका कोर्न कार्यदलको बैठक बस्न लागेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार साँझ होटल मेरियटमा २ घण्टा छलफल भएको र सहमति नजिक नेताहरु पुगेकाले आजको बैठकलाई चासोको रुपमा लिइएको छ ।

दुई नेताहरुबीचको वार्तापछि कार्यदलका सदस्यहरुसँग पनि छलफल भएको थियो । यसअघि बुधबार अर्थमन्त्रालयमा बसेको एमाले कार्यदलको बैठकपछि पार्टी भित्रको विवाद समाधान हुनेतर्फ निकै सकारात्मक रहेको नेताहरु बताएका थिए ।

सोमबारदेखि नेकपा एमालेको कार्यदल सक्रिय छ । बुधबारको बैठकमा केन्द्रीय कमिटीको संख्या, पूर्वमाओवादी नेताहरूको व्यवस्थापन, सर्वोच्च अदालतमा दायर रिटको हकमा भाषा मिलाउने लगायत विषयमा भएको छलफल सहमति नजिक पुगेको नेताहरुले बताएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);