एमाले कार्यदलको बैठक साँझ ७ बजेसम्मका लागि स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एमाले कार्यदलको बैठक साँझ ७ बजेसम्मका लागि स्थगित

काठमाडौं । नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक सकिएको छ । आज १२ बजे बसेको बैठक साँझ सम्मका लागि स्थगित भएकाे हाे ।

पार्टी भित्रका विवादहरुलाई समाधान गर्न आन्तरिक छलफलमा जुटेर फेरी बैठक बस्ने छ ।

बैठकअघि बिहान कार्यदल सदस्य विष्णु पौडेल र भीम रावलबीच वार्ता भएको थियो । उक्त वार्तापछि रावल वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर गएका थिए । रावल कोटेश्वरबाट फर्केपछि मात्रै सिंहदरबारस्थित अर्थ मन्त्रालयमा कार्यदलको बैठक सुरु भएको थियो ।

बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच साँझ होटल मेरियटमा २ घण्टा छलफल भएको र सहमति नजिक नेताहरु पुगेकाले आजको बैठकलाई चासोको रुपमा लिइएको छ ।

दुई नेताहरुबीचको वार्तापछि कार्यदलका सदस्यहरुसँग पनि छलफल भएको थियो । यसअघि बुधबार अर्थमन्त्रालयमा बसेको एमाले कार्यदलको बैठकपछि पार्टी भित्रको विवाद समाधान हुनेतर्फ निकै सकारात्मक रहेको नेताहरु बताएका थिए ।

बैठकमा नेपाल पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त र भीम आचार्य तथा ओली पक्षबाट सुवासचन्द्र नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमालको उपस्थिति थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);