एमालेको कार्यदल बैठक आज पनि बस्न सकेन, आन्तरिक गृहकार्यमा अपुग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एमालेको कार्यदल बैठक आज पनि बस्न सकेन, आन्तरिक गृहकार्यमा अपुग

काठमाडाैं । नेकपा एमाले भित्र देखिएको विवाद सुल्झाउनका लागि बनाइएको कार्यदलको बैठक बिहीबार पनि स्थगित हुन पुगेको छ । प्रधानमन्त्री कार्यलय सिंहदरबारमा बिहीबार ५ बजे बस्ने भनिएको बैठक आन्तरिक गृहकार्य अपुग भएको भन्दै स्थगित हुन पुगेको बताइएको हो । यसअघि बुधबार आजकै मितिमा बस्ने गरी बैठक तय गरिएको थियो ।

बिहीबारको बैठकमा कार्यदलको कार्यविधि, आचारसंहिता र कार्यक्षेत्रबारे छलफल हुने जनाइएको थियो । गत मंगलबार बसेको कार्यदलको पहिलो बैठकले कार्यविधि, कार्यक्षेत्र र आचारसंहिता बनाउने र पार्टीपंक्तिलाई आपसमा असमझदारी र असहयोग बढ्ने कुनै पनि खालका गतिविधि र अभिव्यक्ति नदिन आह्वान समेत गरिएको थियो ।

एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीचको चर्किएको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल बनाइएको छ ।कार्यदलम संस्थापन पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्।

नेता नेपालको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य रहेका छन् । तर राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि प्रधानमन्त्रीको तर्फबाट उम्मेदवारी दिएका गृहमन्त्री रामबहादुर थापाको विरुद्धमा मतदान भएपछि एमाले स्थाई कमिटी बैठकमा निकै ठुलो बहशको विषय बनेको छ ।

स्थाई कमिटी बैठकले पार्टीको हित विपरीत मतदान गरेको भन्दै जनप्रतिनिधिहरुलाई कुनै क्षेमा नहुने समेत निष्कर्ष निकालेको छ । एकातिर कार्यदलको बैठक तोकिएको मितिमा नहुनु र अर्कोतर्फ स्थाई कमिटी बैठकले पार्टीको हित विपरीत मतदान गर्ने ब्यक्ति माफीको भागेदारसमेत हुन नसक्ने निष्कर्ष निकाल्नुले अबको कार्यदल बैठकनै ओझेलमा पर्ने हो कि भन्ने आशंका पैदा हुन थालेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);