राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा बादल पराजय, ५००८ मत सहित खिमलाल देवकोटा विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा बादल पराजय, ५००८ मत सहित खिमलाल देवकोटा विजयी

हेटौंडा । नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रियसभा उपनिर्वाचनमा पराजय भएका छन् । बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा थाप खिमलाल देवकोटासँग पराजित बनेका हुन् । मतभार अनुसार बादलले ४०१४ मत ल्याउँदा खिमलालले ५०८८ मत ल्याउन सफल भएका हुन् ।

स्थानीय तहमा देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत पाएका छन् । खिमलालले पाएको १२८ मतको मतभार २३०४ हुन्छ । बादलले पाएको मतभार १८५४ हुन्छ । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका छन् ।

त्यस्तै, प्रदेशसभामा बादलले ४५ मत पाउँदा खिमलालले ५८ तथा तामाङले २ मत पाएका छन् । बादलले पाएको ४५ मतको मतभार २१६० रहेको छ भने खिमलालले पाएको ५८ मतको मतभार २७८४ रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);