एमाले कार्यदलको पहिलो बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

एमाले कार्यदलको पहिलो बैठक आज बस्दै

काठमाडौं । पार्टीभित्रको विवाद समाधानका लागि गठन गरिएको नेकपा एमाले कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ । आज दिउँसो ३ बजे बस्ने भनिएको बैठकमा कार्यदलका सबै सदस्यहरु उपस्थित हुने नहुने भने खुलेको छैन ।

यसअघि सोमबार बस्ने भनिएको बैठक कार्यदलका नेपाल पक्षका संयोजक भीम रावको आखाँमा समस्या भएपछि स्थगित गरिएको थियो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष र नेता माधवकुमार नेपाल पक्षबीच भएका विवाद समाधानका लागि बैशाख २ गते दुबै पक्षका नेताहरु सामेल गराई कार्यदल बनाइएको थियो ।

कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् ।

त्यसैगरी, नेपाल पक्षबाट उपमहासचिव भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);