माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो : शंकर पोखरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो : शंकर पोखरेल

काठमाडौं । एमाले विवाद समाधानका लागि गठित कार्यदलको ओली पक्षका नेता शंकर पोखरेलले नेता माधवकुमार नेपालले कार्यदलले प्रस्ताव गरेको प्रतिवेदनमा हस्ताक्षर गर्न अस्विकार गरेपछि एकताका लागि गरेको तीन महिनाको मेहनत खेर गएको बताएका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेता पोखरेलले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् । नेपाललाई भेट्न विघटित कार्यदलका सदस्यहरु आइतबार उनकै निवास पुगेका थिए । कोटेश्वरबाट फर्किएपछि नेता पोखरेलमा फेसबुकमार्फत् नेता नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएको जानकारी गराएका हुन् ।

नेपालको असहमतिसँगै पार्टी एकताका लागि गरिएको तीन महिनाको मेहनत खेर गएको उनको टिप्पणी छ । उनले लेखेका छन्–‘माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो । एमालेभित्रको विवाद समाधानका लागि ओली पक्षका ५ नेता र नेपाल पक्षका ५ नेतासहित १० सदस्यीय कार्यदल गठन गरिएको थियो ।

कार्यदलमा ओली पक्षबाट विष्णु पौडेल, सुवास चन्द्र नेम्वाङ, शंकर पोखरेल, विष्णु रिमाल र प्रदीप ज्ञवाली रहेका थिए भने नेपाल पक्षमा भिम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);