काठमाडौं ।
नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्का आफू पक्षका नेताहरूसँग छलफल गरिरहनुभएको छ । धुम्बाराहीमा जारी उक्त छलफल पार्टीको १५ औँ महाधिवेशनलाई एकताको महाधिवेशन कसरी बनाउने भन्ने विषयमा केन्द्रित रहेको नेता मीन विश्वकर्माले जानकारी दिनुभयो । उहाँकाअनुसार बैठकमा १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति, केन्द्रिय पदाधिकारी, सदस्य, जिल्ला सभापति र प्रदेश सभापतिहरू सहभागी छन् । संयुक्त छलफलमा फागुन २१ म सम्पन्न निर्वाचनको समीक्षा, पराजयका कारणको खोजी तथा आगामी महाधिवेशनको तयारीबारे छलफल भइरहेको नेता विश्वकर्माले बताउनु भयो ।
उहाँले निर्वाचन आयोग र अदालतले गगनकुमार थापा नेतृत्वको काँग्रेसलाई वैधानिकता दिइसकेपछि बाँकी नेताहरूलाई पार्टी एकताका लागि कसरी सक्रिय बनाउने भन्ने विषयमा पनि छलफल भइरहेको बताउनु भयो । उहाँले पार्टीभित्रको एकता कायम राख्दै १५ औँ महाधिवेशनलाई सबै पक्षलाई समेट्ने साझा महाधिवेशनका रूपमा सम्पन्न गर्ने विषयमा छलफल जारी रहेको उहाँको भनाइ छ ।




