स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति सार्ने बिषयमा दलहरुबीच छलफल सुरु | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति सार्ने बिषयमा दलहरुबीच छलफल सुरु

२१ बैशाख, काठमाडौ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति सार्ने विषयमा दलहरुबीच छलफल सुरु भएको छ ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति सार्ने बिषयमा दलहरुबीच छलफल सुरु

२१ बैशाख, काठमाडौ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति सार्ने विषयमा दलहरुबीच छलफल सुरु भएको छ ।

बिहिबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच जेठ ३१ का लागि तोकिएको दोस्रो चरणको निर्वाचनको मिति हेरफेर गर्ने विषयमा छलफल भएको हो । प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीचको छलफल प्रधानन्यायाधीश विरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव, बजेट र ३१ लागि तोकिएको दोस्रो चरणको निर्वाचनको मिति हेरफेरका विषमा केन्द्रित रहेको बताइएको छ ।

बैठकपछि एमाले अध्यक्ष ओलीले प्रधानन्यायाधीश सुशील कार्कीमाथिको महाभियोग प्रस्ताव फिर्ता गर्न आग्रह गरेको बताउनुभयो । उहाँले संविधान संशोधनको सबालमा मतदान प्रक्रियामा जानुपर्ने भन्दै सरकार नै भागिरहेको आरोप लगाउनुभयो । बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बजेट र जेठ ३१ गतेको निर्वाचन कसरी गर्ने भन्ने विषयमा सकारात्मक छलफल भएको बताउनुभयो । सबै पक्षको सहमतिमा जेठ ३१ गतेको निर्वाचनको मिति सार्नसकिने उहाँको भनाइ थियो । बैठकमा दाहाल र ओलीबाहेक नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसहभागी हुनुहन्थ्यो ।

Leave a Reply