स्थानीय तह निर्वाचनको मिति नसार्न सरकारलाई एमालेको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

स्थानीय तह निर्वाचनको मिति नसार्न सरकारलाई एमालेको चेतावनी

१ असार, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तह निर्वाचनको मिति सार्ने विषयमा सहमति जनाउन नसकिने स्पष्ट पारेको छ ।

स्थानीय तह निर्वाचनको मिति नसार्न सरकारलाई एमालेको चेतावनी

१ असार, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तह निर्वाचनको मिति सार्ने विषयमा सहमति जनाउन नसकिने स्पष्ट पारेको छ ।

एमाले स्थायी समिति बैठकले असार १४ गते हुने दोस्रो चरणको निर्वाचन नसार्न सरकारलाई पुनः दवाव दिएको हो । बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा विहिबार विहान बसेको बैठकले सरकारले निर्वाचन हुन नदिने गरी भ्रम छरिरहेको आरोप समेत लगाएको छ ।

एमालेले स्थानीय तहको संख्या बढाउने र संविधान संशोधन गर्ने राष्ट्रिय जनता पार्टीको माग तत्काल स्विकार गर्न नसकिने समेत स्पष्ट पारेको छ । संवैधानिक र कानुनी दृष्टिकोणले पनि स्थानीय तहको संख्या बढाउन र संविधान संशोधन गर्न तत्काल नसकिने एमाले सचिव योगेश भट्टराईले स्पष्ट पार्नुभयो ।

एमालेले स्थानीय तह दोस्रो चरणको निर्वाचनमा सबै स्थानमा पार्टीले उम्मेदवारी दिने पनि जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);