झापाका मेचेलाई छोएन निर्वाचनले | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

झापाका मेचेलाई छोएन निर्वाचनले

खगेन्द्र घिमिरे । १ असार झापा । स्थानीय निर्वाचनको माहोलले झापाका सबै क्षेत्रमा उत्साह ल्याए पनि यहाँ बसोबास गर्ने मेचे जातीलाई भने चुनावको रौनकले अहिलेसम्म छुन सकेको छैन । झण्डै दुई दशकपछि हुन लागेको निर्वाचनमा कस्ता ब्यक्तिलाई मत दिने भन्ने कुरो त परै जाओस मत कसरी हाल्ने भन्नेमा पनि मेचे जातिका मानिसहरु अनभिज्ञ देखिन्छन ।

झापाका मेचेलाई छोएन निर्वाचनले

खगेन्द्र घिमिरे । १ असार झापा । स्थानीय निर्वाचनको माहोलले झापाका सबै क्षेत्रमा उत्साह ल्याए पनि यहाँ बसोबास गर्ने मेचे जातीलाई भने चुनावको रौनकले अहिलेसम्म छुन सकेको छैन । झण्डै दुई दशकपछि हुन लागेको निर्वाचनमा कस्ता ब्यक्तिलाई मत दिने भन्ने कुरो त परै जाओस मत कसरी हाल्ने भन्नेमा पनि मेचे जातिका मानिसहरु अनभिज्ञ देखिन्छन ।

स्थानीय तह निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाइएको निर्वाचन आयोगले दावी गरिरहँदा सुगम, शिक्षित र विकसित जिल्लाका रुपमा हेरिने झापाका मतदाता नै निर्वाचनको प्रक्रियाका बारेमा बेखबर छन् । यकिन तथ्याङ्क नभएपनि अन्य जातीको तुलनामा थोरै जनसङ्ख्या रहेको मेचे समुदायका अधिकांश मतदाता निर्वाचनबारे अनविज्ञ छन् । आफूहरुलाई कस्तो उम्मेदवारलाई भोट दिने र कसरी मतदान गर्ने भन्ने बारेमा रणभुल्लमा परेको बाबुलाल मेचेबताउनुहुन्छ ।

मेचे समुदायको बाहुल्यता मानिने मेचीनगरको धाइजन, धुलाबारीका लगायतका मतदाताहरुलाई चुनाव आउँदै छ र भोट हाल्नुपर्छ भन्ने नै थाहा छैन ।जुनै जोगी आए पनि कानै चिरेको भने झैं जसलाई भोट दिए पनि केही प्रगति नभएको उनीहरु बताउछन् ।

आफूहरुले भोट हाल्ने अवस्था आयो भने किसानहरुको समस्या समाधान गर्ने, गाउँमा शिक्षा, स्वास्थ्य र खानेपानी लगायतका समस्यान समाधान गरिदिने व्यक्तिलाई आफूहरुले भोट हाल्ने बताउँछन किसानका राजा सुन्दर किसान ।

देश निर्वाचनमय बनिरहँदा समेत कतिपयलाई त चुनाव हुँदैछ , भोट हाल्नुपर्छ भन्ने नै थाहा छैन । उनीहरुको वस्तीमा अहिलेसम्म भोट माग्न तथा मतदाता शिक्षा दिनका लागि कोही नगएको उनीहरुको भनाई छ ।

देशभरी नै चुनावलाई पर्वको रुपमा हेरिरहँदा अल्पसंख्यक, पिछडा वर्ग, लोपोन्मूख जातिमा सुचीकृत समुदायलाई चुनावको विषयमा थाहासम्म नुहुनु विडम्बनाको कुरा हो । तसर्थ निर्वाचन आयोगले मतदाता शिक्षालाई प्रभावकारी बनाउनु जरुरी देखिन्छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);