भक्तपुरमा मतदाता कसरी मतदान गर्ने भन्नेमा अन्यौल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

भक्तपुरमा मतदाता कसरी मतदान गर्ने भन्नेमा अन्यौल

भक्तपुर, २९ बैशाख । स्थानिय तहको निर्वाचनको दुई दिन अघि सम्म पनि भक्तपुरका मतदाताहरु कसरी मतदान गर्ने भन्ने बिषयमा अन्यौल रहेका छन् । निर्वाचन आयोगले देशैभर मतदाता शिक्षा कार्यक्रम एक महिना अघिदेखि लागू गरेता पनि भक्तपुरमा भने अधिकांश मतदाताहरु मतपत्रमा कसरी मतदान गर्ने भन्ने अन्यौल रहेको बताउँछन्

भक्तपुरमा मतदाता कसरी मतदान गर्ने भन्नेमा अन्यौल

 

भक्तपुर, २९ बैशाख । स्थानिय तहको निर्वाचनको दुई दिन अघि सम्म पनि भक्तपुरका मतदाताहरु कसरी मतदान गर्ने भन्ने बिषयमा अन्यौल रहेका छन् । निर्वाचन आयोगले देशैभर मतदाता शिक्षा कार्यक्रम एक महिना अघिदेखि लागू गरेता पनि भक्तपुरमा भने अधिकांश मतदाताहरु मतपत्रमा कसरी मतदान गर्ने भन्ने अन्यौल रहेको बताउँछन् । मतदाताहरु भन्छन्, बिगतमा मत राखेता पनि यो पटक मतपत्र ठूलो र आफ्नो मन परेको उम्मेदवार खोज्न असजिलोका साथै मत कसरी राख्ने बिषयमा जानकारी नहुँदा आफ्नो मत बदर होला कि भन्ने त्रासमा रहेका छन् ।

 

मतदाताहरु भन्छन्, मत कसरी खसाल्ने हो त्यसबारे आफूहरु हालसम्म अनविज्ञ रहेको र चुनावका दिन मतदान गर्न जाँदा आफूहरुलाई दलका उम्मेदवारहरुले सिकाउनेमा विश्वास रहेका बताउँछन् । मतदाताहरु मध्ये मतदानका समयमा सबैभन्दा बढी जेष्ठ नागरिक र अशिक्षित मतदाताहरुले यो पटक समय बढी लगाउनुका साथै मतपत्र समेत बदर हुने गरि मतदान गर्ने सम्भावना अधिक रहेको देखिन्छ । जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख उमेश राईले यो पटक बिगतको तुलनमा मत बढी बदर हुने बताउनुहुन्छ ।

 

उहाँ बिगतका निर्वाचनमा भक्तपुरमा दुई प्रतिशत मत बदर भएता पनि यो पटक भने त्यो भन्दा बढी हुने दावी गर्नुहुन्छ । उहाँले भक्तपुरमा मतदाता शिक्षा अभियानले पूर्णता पाएको र बिगतको भन्दा अलि मत पत्र ठूलो भएको तथा मत चिन्हको पहिचानका साथै पट्याँउदा समस्या देखिने भएकाले बढी नै बदर हुने बताउनु हुन्छ । ठूला पार्टीका उम्मेदवारहरुलाई मत दिन सहज भएता पनि साना दल र स्वतन्त्र उम्मेदवारहरुको मत चिन्ह खोज्न गाह्रो हुने तथा यो पटक मत हाल्दा समय बढी लाग्ने र मत पत्र पट्याउने क्रममा गल्तीका कारण समेत बढी मत पत्र बदर हुने मतदाताहरु बताउँछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);