दोस्रो चरणको निर्वाचनमा मतदाता शिक्षालाई प्रभावकारी बनाउन १२ हजार स्वयमसेवक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

दोस्रो चरणको निर्वाचनमा मतदाता शिक्षालाई प्रभावकारी बनाउन १२ हजार स्वयमसेवक

शोभा न्यौपान । १२ जेठ, काठमाडौं । पहिलो चरणको स्थानीय तह निर्वाचनमा बदरमत संख्या अपेक्षाकृत धेरै देखिएपछि निर्वाचन आयोगप्रति चौतर्फी ध्यानाकर्षण भएको छ ।

दोस्रो चरणको निर्वाचनमा मतदाता शिक्षालाई प्रभावकारी बनाउन १२ हजार स्वयमसेवक

शोभा न्यौपान । १२ जेठ, काठमाडौं ।  पहिलो चरणको स्थानीय तह निर्वाचनमा बदरमत संख्या अपेक्षाकृत धेरै देखिएपछि निर्वाचन आयोगप्रति चौतर्फी ध्यानाकर्षण भएको छ । पहिलो चरणको स्थानीय तह निर्वाचनमा बदरमत बढेकोमा आलोचना व्यहोरेको निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनमा भने मतदाता शिक्षालाई अझै प्रभावकारी बनाउन १२ हजार स्वयमसेवक परिचालन गर्ने भएको छ ।

निर्वाचन आयोगले पहिलो चरणको निर्वाचनका लागि ७५ करोड रुपैयाँ खर्च गरेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरे पनि मतदातालाई मतदान कसरी गर्ने भन्नेसिकाउन नसक्दा आयोगको आलोचना चौतर्फी भइरहेको छ । निर्वाचन आयोगले भने छोटो समयमा निर्वाचन गराउनुपरेकाले नै बदर मत संख्या बढेको बताउँछ । अब हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि बदर मत संख्या न्यून गर्न आयोगले थप सक्रियता बढाउने भएको छ भने मतपत्र बदर कमगर्न प्रत्येक मतदान केन्द्रमा सक्कलीमतपत्र टाँसेर मतदाता शिक्षा दिईने आयोगको भनाई छ ।

निर्वाचन आयोगले काठमाडौँ जस्तो शिक्षित मतदाता भएको ठाँउमा सम्पूर्ण राजनीतिक दलहरुको उपस्थिति  तथा सञ्चारमाध्यमहरुले मतदाता शिक्षा प्रदान गरे पनिमतपत्र बदर हुनु भनेको छानविनको विषय भएको उल्लेख गरको छ । दोस्रो चरणको निर्वाचनका लागि धरदैलोमा पुगेर  तथ्याङक सहित मतदाता शिक्षा प्रदान गर्ने आयोगले तयारी गरिरहेको छ ।साथै पहिलो चरणको निर्वाचनमा मतपत्र र स्वस्तिक छाप लगाउने मसी एउटै भएकाले मतगणना ढिला भएको र मतदाताहरु उस्तै रङ हँुदा झुक्किएको भन्दै दोस्रो चरणको निर्वाचनमा रातो मसिले मतपत्रमा स्वस्तिक छाप लगाउने व्यवस्था गरिएको छ ।

जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा स्थानीय एफ.एम. र टेलिभिजनबाट भोजपुरी,थारु,मैथली,अवधि,लिम्बु, किँरात लगायतको भाषामा मतदाता शिक्षा दिइने निर्वाचन आयोगले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);