मतदाता शिक्षामा अबौँ खर्च, तर घटेन बदर मत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

काठमाडौँ, १९ कार्तिक । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि अर्बको हाराहारीमा खर्च गरे पनि ठूलो परिणाममा जनताको अमूल्य मत खेर गइरहेको छ । सही रूपमा मतदान गर्ने तरिका थाहा नपाउँदा हालिएको मत बदर भएका हुन् । मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि मतदाता शिक्षा र तालिमका लागि एक अर्ब ४२ करोड ५९ लाख ६३ हजार रुपैयाँ छुट्ट्याइएको छ। आयोगले मतदाता शिक्षामार्फत मत खसाल्ने तरिका सिकाएर मत बदर हुन नदिन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने गर्दछ।

पहिलो चरणअन्तर्गत ३२ जिल्लामा हुने निर्वाचन आउन करिब तीन साता मात्र बाँकी छ, तर आयोगले मतदाता शिक्षा सुरु गरेकै छैन। हिमाली तथा उच्च पहाडी क्षेत्रमा पहिलो चरणको निर्वाचन हुँदैछ। राजधानीबाट मतदाता शिक्षाका सामग्री जिल्लासम्म पुर्‍याएर सबैको घरदैलोमा स्वयंसेवकमार्फत मतदाता शिक्षा दिन निकै चुनौती देखिएको छ । एउटा मतदान केन्द्रका लागि एकजना मात्र मतदाता शिक्षा कार्यकर्ता खटाइएको छ, तर मतपत्रको ढाँचा फेरबदलपछिका सामग्री मतदाता शिक्षा कार्यकर्ताका हातमा पुग्नै बाँकी छ।

यसअघि प्रत्यक्षतर्फ एउटा र समानुपातिकतर्फ अर्को गरी दुईवटा मतपत्र रहने व्यवस्था थियो, तर सर्वोच्च अदालतले प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि अलगअलग मतपत्र छपाइका विषयमा आयोगसँग लिखित जवाफ मागेपछि ढाँचा फेरिएको हो । समय अभावको कारण अहिले मतदाता शिक्षा प्रभावित हुने देखिएको छ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि १ करोड ५४ लाख २७ हजार ७३१ मतदाता सहभागी हुँदैछन् । – अन्नपूर्ण पोस्ट दैनिकबाट

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);